रिहा भएलगत्तै लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खडका फेरी पक्राउ

रिहा भएलगत्तै लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खडका फेरी पक्राउ

उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भएका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका फेरी पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालतले विहिवार थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले माग गरेको पाँच लाख टरौटी बुझाएर रिहा हुने क्रममा अदालत परिसरबाटै जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । खड्कालाई सम्पत्ती शुद्धिकरण मुद्दामा पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार खडकालाई थप कारवाहीको लागि आइतवार सम्पत्ती शुद्धिकरण विभागमा बुझाइनेछ । खडकाको विरुद्ध अकुद सम्पत्ति कमाएको विषयमा मुद्दा परेपछि प्रहरीले पक्राउ गरेर विभागमा बुझाउने भएको छ । गत साउनमा पक्राउ परेका खडकालाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले रामेछापले पुर्पपक्षको लागि जेल पठाउने फैसला गरेको थियो । उक्त फैसलाप्रति असहमति जनाउदै खडकाले उच्च अदालत पाटकमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार