रामेछापमा १३ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछापमा १३ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछाप जिल्लामा १३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । अहिले जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा दुईजना र दोरम्बा गाउँपालिकामा ९ जना गरी १३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २१६ पुगेको छ । यसमध्ये २ सय ३ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा हालसम्म दुई हजार ५ सय ११ जनाको स्वाब परीक्षण गरिएकोमा दुईहजार २ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ८८ जना र पुरुष २०६ जना गरी २९४ जनालाई कोरोना सङ्क्रमण भएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार