बागमती प्रदेश सरकारद्धारा प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

बागमती प्रदेश सरकारद्धारा प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ । शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको वैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ८ गते स्थगित वर्षे अधिवेशन स्थगित भएपछि हिउँदे प्रदेशसभाको बैठब बसेको छैन । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा देखापरेसँगै सरकार अप्ठेरोमा परेका बेला प्रदेशसभाको अधिवेशन सिफारिस गरिएको हो । केही दिनअघि नेकपाको प्रचण्ड(माधव समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । बैठकले राप्ती नगरपालिका चितवनलाई लिजमा जमिन दिने, प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृत गर्ने र प्रदेश पर्यटन विकास सम्बन्धमा छलफल गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार