ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान

ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान प्रदान गरेको जनाएको छ । यो आर्थिक वर्षमा ओखलढुङ्गाका ८ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढि सिद्धिचरण नगरपालिकाले २ करोड ६० लाख ५७ हजार अनुदान पाएको छ भने सबैभन्दा कम चम्पादेवी गाउँपालिकाले ५२ लाख ७४ हजार अनुदान पाएको छ । त्यसैगरि सुनकोसी गाउँपालिकाले १ करोड ८३ लाख २ हजार, खिजिदेम्बा गाउँपालिकाले १ करोड १२ लाख १९ हजार, लिखु गाउँपालिकाले १ करोड ९ लाख ६१ हजार अनुदान पाएको छ । त्यस्तै मानेभञ्ज्याङ्ग गाउँपालिकाले १ करोड ३ लाख ९२ हजार, चिशंखुगढी गाउँपालिकाले ७४ लाख ४५ हजार र मोलुङ गाउँपालिकाले ५३ लाख ७७ हजार अनुदान रकम पाएको छ । अनुदान रकमवाट यो आर्थिक वर्षमा सिद्धिचरण नगरपालिकामा ५०४ जना, सुनकोसी गाउँपालिकामा ३५४ जना, खिजिदेम्बा गाउँपालिकामा २१७ जना, लिखु गाउँपालिकामा २१२ जनाले रोजगार प्राप्त गर्नेछन् । त्यस्तैगरि मानेभञ्ज्याङ्ग गाउँपालिकामा २०१ जना, चिशंखुगढी गाउँपालिकामा १४४ जना, मोलुङ गाउँपालिकामा १०४ जना र चम्पादेवी गाउँपालिकामा १०२ जनाले गरि यो वर्ष ओखलढुङ्गा जिल्लाका १ हजार ८ सय ३८ जनाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको रोजगारी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार