बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको मुख्यकमन्त्री पौडेलले बताउनुभयो । बिहीबार शिलान्यास गर्दै उहाँले उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने जिकिर गर्नुभयो । यस्तै उहाँले प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताउनुभयो । ४१ करोड २२ लाख ७१ हजार रुपैयाँको लागतमा स्थापना गर्न लागिएको उद्योगमा प्रदेश नं १, २, लुम्बिनी र गण्डकी प्रदेशबाट पनि दूध संकलन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार