रामेछापमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप सात जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार दोरम्बा गाउँपालिकाबाट पीसीआर परीक्षणका लागि पठाइएका ११ जना मध्ये सात जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिकामा कार्यरत २३,२६ वर्षका महिला र २६ वर्षका पुरुष स्वास्थ्यकर्मी र दोरम्बा गाउँपालिका वडा नं ६ का २९ र ४० वर्षका महिला , १३ वर्षीय बालक,दोरम्बा गाउँपालिका वडा नं ५ का ३४ वर्षीया महिलामा कोरोना देखिएको हो । दोरम्बा गाउँपालिका वडा नं ६ का २९ वर्षका महिलामा स्वास्थ्य समस्या आएका कारण थप उपचारका लागि केएमसी अस्पताल काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । आज थप सात जनामा कोरोना सङ्क्रमण भएसङ्गै रामेछापमा कुल सङ्क्रमितको सङ्ख्या २१६ जना पुगेको छ । यसमध्ये दुई सय तीन जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा दुईजना र दोरम्बा गाउँपालिकामा ९ जना गरी १३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार