रामेछापको लिखु तामाकोशी गाँउपालिका अध्यक्ष खड्का छुटे

रामेछापको लिखु तामाकोशी गाँउपालिका अध्यक्ष खड्का छुटे

रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का रिहा हुने भएका छन् । जबरजस्ती करणीको आरोपमा पुर्पक्षको लागि रामेछाप कारागारमा रहेका अध्यक्ष खडकालाई थुनामुक्त गर्न विहिवार उच्च अदालतले आदेश दिएको हो । केहि महिना अघि शरिर बन्धक ठगी र वलत्कारको आरोमामा खड्का प्रहरी हिरासतमा रहेपनि जिल्ला अदालत रामेछापले गर्दै शरीर बन्दक मुद्दामा २ लाख, ठगी मुद्दामा ५० लाखको धरौटी माग गर्दै बलात्कारको मुद्दामा पुर्पक्षको लागि जेल चलान गर्ने फैसाला गरेको थियो ।

जिल्ला अदालत रामेछापले गरेको फैसला चित्त नवुझेपछि खड्काले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।शरीर बन्धक मुद्दाको बारेमा जिल्ला अदालतको फैसला सदर गर्दै गठीको मुद्दामा ५० लाख ढरौटी माग्ने फैसाला पनि उच्च अदालतले बदर गरेको छ । उच्च अदालतमा खडकाको पक्षमा अधिवक्ता योगेन्द्र अधिकारीले बहस गरेका थिए । उनका अनुसार– अदालतले अहिले थुनामुक्त भएर पनि मुद्दा लडन पाउने आदेश दिएको छ भने उनको मुद्धा भने टुंगो लागिसेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार