रामेछापमा थपिए २१ जना कोरोना संक्रमित, जिल्लामा १८८ जना सक्रिय संक्रमित

रामेछापमा थपिए २१ जना कोरोना संक्रमित, जिल्लामा १८८ जना सक्रिय संक्रमित

रामेछापमा आज २१ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा अहिले १८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । आज जिल्ला अस्पताल सहित जिल्लाको विभिन्न पालिकाहरुमा ४४ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोनाको तेस्रो लहर शुरुभए यता जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार