४० लाख जरिवाना र १० दिन कैद तोकिएका रामेछापका श्रेष्ठ पक्राउ

४० लाख जरिवाना र १० दिन कैद तोकिएका रामेछापका श्रेष्ठ पक्राउ

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना तिर्न बाँकी रामेछापका तोरणबाबु श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई ४० लाख जरिवाना र १० दिन कैद तोकिएको थियो। उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो ।

हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी रामेछापबाट खटिएको टोलीले मंगलबार दिउसो काठमाडौंबाट रामेछाप आउदै गर्दा बिशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।

सुनापती गाउपालिका वडा नं ५ घर भई हाल काठमाण्डौ बस्ने ४४ वर्षीय श्रेष्ठलाई रामेछाप प्रहरीले आज पक्राउ गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई सम्मानित रामेछाप जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार