न्यायिक समितीलाई जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको सुझाव

न्यायिक समितीलाई जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको सुझाव

रामेछाप जिल्लाका जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिले न्यायिक समितीलाई नागरीकलाई न्याय दिँदा प्रक्रिया पुरा गरेर न्याय प्रदान गर्न आग्रह गर्नुभयो । रामेछाप नगरपालिकाले शनिबार आयोजना गरेको न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रममा बोल्दै उहाँले पालिकाहरुमा गठन भएको न्यायिक समितीहरुले विवाद समाधानको काम गरिरहेको भएपनि सबै प्रक्रिया भने नपुग्ने गरेको बताउनुभयो ।

न्यायिक समितीमा आएका सबै खाले विवादहरु अभिलेख राख्ने,हरेक विवादहरु दर्ता गर्ने,विवादित पक्षहरुलाई बोलाउँदा पत्र काट्ने जस्ता कुराहरु पुरा गरेको खण्डमा कागजी पक्रिया समेत पुरा हुने उहाँको भनाई छ । न्याय निरुपणमा न्यायिक समितीले काम थालेदेखी नै अदालतमा समान्य प्रकृतीका विवादहरु कम मात्रामा आउने गरेको न्यायधिस ओलिले बताउनुभयो । रामेछापमा कानुनी सल्लाहकार भएका स्थानिय तहहरु रामेछाप र मन्थली नगरपालिकाले अरु पालिकाको तुलनामा सहज रुपमा प्रकृया पुराएर विवादहरुको समाधानहरु गरिरहेको महसुस आफुले गरेको उहाँले बताउनुभयो ।

जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा र रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा भएको न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका थिए ।

खाँडादेवी गाउँपालिकका उपाध्यक्ष मखमली श्रेष्ठ,लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल,दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ लगाए न्यायिक समितीका सदस्य तथा कानुनी सजकर्ताको कार्यक्रममा उपस्थित रहेको थियो । उक्त कार्यक्रममा जिल्ला न्यायधिबक्ता यदुनाथ शर्मा,जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेल लगायतले न्यायिक समितीका संयोजकहरुलाई कानुनी कुराहरु र विवाद समाधान गर्दा ख्याल गर्नुपर्ने विभिन्न कुराहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार