न्यायिक सम्पादनमा हामीले जिल्लामै उत्कृष्ट काम गरेका छौँ : उपप्रमुख खड्का

न्यायिक सम्पादनमा हामीले जिल्लामै उत्कृष्ट काम गरेका छौँ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले रामेछाप जिल्लामै रामेछाप नगरपालिकाले न्यायिक समिती मार्फत राम्रो काम गरेको बताउनुभयो । न्यायिक समितीका संयोजक समेत रहनुभएका उपप्रमुख खड्काले अरु पालिकाको तुलनामा रामेछाप नगरपालिकाले सहज रुपमा धेरै विवादहरुको निरुपण गरेको बताउनुभयो । आफु कानुनको विद्यार्थी भएका कारणले पनि विवाद निरुपणमा धेरै सहजता मिलेको उहाँले बताउनुभयो । आफुहरुले प्राप्त गरेको अधिकार अनुसार नै न्यायिक समितीमा आएका धेरै विवादहरु समाधन गरेको उपप्रमुख खड्काले बताउनुभयो ।

जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा र रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा भएको न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका थिए ।

खाँडादेवी गाउँपालिकका उपाध्यक्ष मखमली श्रेष्ठ,लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल,दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ लगाए न्यायिक समितीका सदस्य तथा कानुनी सजकर्ताको कार्यक्रममा उपस्थित रहेको थियो । उक्त कार्यक्रममा जिल्ला न्यायधिबक्ता यदुनाथ शर्मा,जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेल लगायतले न्यायिक समितीका संयोजकहरुलाई कानुनी कुराहरु र विवाद समाधान गर्दा ख्याल गर्नुपर्ने विभिन्न कुराहरुको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार