राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज मतदान हुँदै, रातिसम्ममा नतिजा आउँने

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज मतदान हुँदै, रातिसम्ममा नतिजा आउँने

राष्ट्रियसभा सदस्यको लागि आज मतदान हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा बिहान ९ देखि ३ बजेसम्ममतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्ने जानकारी दिनुभयो ।

उहाँँका अनुसार पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ।

महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो। मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने भएकाले आजै परिणाम आउँने आयोगका प्रवक्ता पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार