निसासिएर रामेछापका दुई जना बेहोस,तीन महिने शिशुको ज्यान गयो

निसासिएर रामेछापका दुई जना बेहोस,तीन महिने शिशुको ज्यान गयो

भक्तपुरमा निसासिएर रामेछापका दुई जना बेहोस भएका छन भने तीन महिने शिशुको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ । शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ ।

गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।

गएराति आगो तापेर सुतेका उनीहरु ीबहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा थिए । बेहोस भएका तीनजना मध्ये शिशुको ज्यान गएको र दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार