आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन हुँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, […]