बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी

तराईका विभिन्न जिल्लामा केही दिनदेखि बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्दै सामाजिक सञ्जालमा आइरहेका फोटो, भिडियो नेपालको नभएको नेपाल प्रहरीले दाबी गरेको छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री राखेर गलत हल्ला चलाउनेको बारेमा निगरानी बढाइएको र कारबाहीका लागि साइबर व्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो । सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो […]

रिता माझीले किन छोडिन राप्रपा(प्रेस विज्ञप्ती) सहित

राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्वाचित केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य रिता माझीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । आइतबार एक विज्ञप्ति जारी गरी माझीले पार्टीबाट राजीनामा दिएको बताउनुभएको हो । राप्रपाले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने भएको कारण पदबाट राजीनामा दिएको उहाँको भनाइ छ । यति बेला […]

आजदेखी दशैँका लागि नयाँ नोट साट्न पाइने

दशैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइ सकेको छ । अब एक साताभित्रै नयाँ नोट साट्न पाइने बैंकहरूको सूची […]

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको […]

किन ? रामेछापका ८ वटै पालिकाका प्रमुखहरुले १ सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेनन्

सार्वजनिक संस्थानमा नियुक्ति वा निर्वाचित जनप्रतिनिधिका रुपमा पदबहाली गरेको १ सय दिनमा हासिल भएका उपलब्धि औपचारिक रुपमै सार्वजनिक गरिने परम्परा छ । सोही अनुसार काठमाडौँ महानगरसहित देशका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफूले पद बहाली गरेपछि भएका कामको फेहरिस्त जानकारी गराईरहेका छन् । यो कतै लिखित वा लिपिवद्ध कानुनी प्रावधान नभएपनि १ सय दिनमा भविष्यको […]

विकास हेर्न रामेछाप नगरपालिका जाऔँ है भन्ने बनाउछौँ : नगर प्रमुख न्यौपाने

रामेछाप नगरपालिकामा हालै नेपाली काङ्ग्रेसबाट निर्वाचित नगरप्रमुख लवश्री न्यौपाने हरेक घरमा पानी, प्राविधिक, वगैँचा र रोजगारी ल्याउन कृतसङ्कल्पित हुनुहुन्छ । रामेछाप नगरपालिका निर्माणका भावी योजना बारे न्यौपानेसँग गरिएकोे कुराकानी । नगर विकासका लागि के सोच्नुभएको छ, कस्ता योजना बनाउँदै हुनुहुन्छ ? मैले भर्खरै नगरप्रमुखको पदभार समालेको छु । नगरभित्र के–कस्ता गतिविधि भइरहेका छन् त्यो बुझ्न […]

३ वर्ष भित्रमै गाउँपालिकामा विकासको लहर छाउने छ : अध्यक्ष महत

‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी : गाउँपालिकाको समृद्धि’ को मूलनारा तय गरेको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत आफ्नो कार्यकालमा नागरिकले कुनै समस्या झेल्नु नपर्ने दाबी गर्नुहुन्छ । यसको आधारसहित अन्य योजनाका विषयमा अध्यक्ष महतसँग गरिएको कुराकानीको सारसङ्क्षेप ।  गाउँपालिका समृद्धिको योजना के छ ? हामीले नीति र कार्यक्रम मार्फत् गाउँपालिकाको समृद्धिको योजना सार्वजनिक गरेकाका छौँ । […]

जनतासँग गरेको बाचा पुरा गर्ने गरी काम गर्छु : अध्यक्ष ठुलोकान्छा तामाङ

अघिल्लो कार्यकालका वडाअध्यक्ष ठूलोकान्छा तामाङ हालै रामेछापको सुनापती गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । पूरा नहुने धेरै सपनाभन्दा पूरा हुने साना काम गर्ने लक्ष्यका साथ तामाङ अघि बढ्नुभएको छ । पालिकाका भावी योजनाका बारेमा अध्यक्ष तामाङसँग गरेको कुराकानीको सारसङ्क्षेप ।  सुनापती गाउँपालिकालाई समृद्ध बनाउने कस्तो सपना देख्नुभएको छ ? गाउँपालिकाको समृद्धिको सपना हामीले निर्वाचन घोषणा […]

गोकुलगंगा गाउँपालिकालाई हेर्नलायक बनाउँछु : अध्यक्ष काजीबहादुर खड्का

रामेछापका स्थानीय तहमध्ये कान्छो अध्यक्षका रुपमा निर्वाचित काजीबहादुर खड्का (दीनेश) गाउँपालिकालाई समृद्ध बनाउने योजनाका साथ कम्मर कसेर लागेका छन् । पालिकालाई कृषि, पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ लागिपरेका खड्कासँग पालिकाका समग्र विषयमा भएको कुराकानीको सारसङ्क्षेप । तपाइँको गाउँपालिकाले यो वर्ष कस्तो नीति तथा कार्यक्रम ल्याएको छ ? के कुरालाई प्राथमिकता दिनुभएको छ ?  हामी […]

सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दीप बहादुर कार्की स्मृती प्रतिष्ठान र हेल्प फर जर्मनको सहयोगमा सुकाजोरमा रहेका २ वटा आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको दीप बहादुर कार्की स्मृती प्रतिष्ठानका अध्यक्ष कमल बिक्रम कार्कीले बताउनुभयो । सिद्धेश्वर आधारभूत विद्यालयका २७ जना […]