रामेछापमा २ युवाहरुमाथि कुटपिट,दुबैको अवस्था गम्भिर

रामेछापमा २ युवाहरुमाथि कुटपिट,दुबैको अवस्था गम्भिर

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवाहरुमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाईकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देविलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना युवाहरुको समुहले उनिहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो ।

घाईतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनिहरुको जिल्ला अस्पताल रामेछाप उपचार भैरहेको छ । घाईतेहरुको अवस्था गम्भिर रहेका कारण उनिहरुलाई काठमाण्डौँ रेफिर गर्ने तयारी भैरहेको बताइएको छ । घटना के कारणले भएको हो भन्ने बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताउनुभयो ।

घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनिहरुको पनि खोजि कार्य भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार