रामेछाप सुनापतीको डम्फु पार्क पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै

रामेछाप सुनापतीको डम्फु पार्क पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै

रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ४ बेथान र वडा नं. ३ हिलेदेवीको सङ्गमस्थलमा निर्माण गरिएको डम्फु पार्क अन्तरीक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क पालिकाकै पर्यटकीय गन्तव्यका रूपमा परिचत बन्दै गएको गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताउनुभयो ।

लुभु–बेथान–हिलेदेवी–गाल्वा सडक अन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले आन्तरिक पर्यटकहरू आउनेक्रम बढ्दो छ, यो पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यभित्रको एक हो, अध्यक्ष तामाङले भन्नुभयो ।

१६ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको डम्फु पार्कमा ठूलो आकर्षक डम्फु र टुङ्ना राखिएको छ । पालिका अध्यक्ष तामाङका अनुसार डम्फु पार्कबाट पर्यटकीय गन्तव्य शैलुङ, दोलखाको गौरीशङ्कर हिमाल लगायतको क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।

पालिकाले सुनापती डाँडा र पालिकाको विभिन्न ठाउँहरुमा पर्यटन प्रबद्र्धनका लागी विभिन्न मानेँ,गुम्बा,सिँढी,पार्क र बुद्धको मुर्तीहरु समेत निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार