रामेछापमा बसाइँसराइ दर बढ्यो,गाउँका घर खाली

रामेछापमा बसाइँसराइ दर बढ्यो,गाउँका घर खाली

रामेछापमा विभिन्न कारणले गाउँघर छोड्ने क्रम बढेको छ । रामेछापका ८ मध्ये सबैजसो स्थानीय तहमा गाउँ छोडेर सहर रोज्ने क्रम बढेको पाइएको हो । मिठो खाने र राम्रो लगाउने सपना पूरा गर्न मात्र नभइ शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात तथा अन्य स्रोतसाधनमा सहज पहुँच हुने आशामा रामेछापका गाउँबाट बसाइँ सरेर जाने क्रम बढेको हो ।

केहि वर्ष यता रामेछापका गाउँघरबाट सहर बजारमा बसाइँसर्नेको संख्या ह्वात्तै बढेको छ । जसका कारणले पनि रामेछापको जनसंख्या २ लाख २६ हजार ४६ बाट घटेर १ लाख ७० हजार ३ सय २ पुगेको छ । २०६८ सालको जनगणना अनुसार रामेछापको जनसंख्या ३२ हजार ३ सय ४४ ले घटेको हो । रामेछापको जनसंख्या १ दशलमव ६७ प्रतिशतले ऋणात्मक छ ।

यहाँका गाउँघरबाट काठमाण्डौँ उपत्यका,तराईका सुगम क्षेत्रमा बसाइँ सर्ने क्रम बढेको हो । गाउँमा उत्पादन नहुनु,बाँदर र विभिन्न जंगली जनावरहरुले बालीनाली सखाप पारिदिने गरेका कारण पनि गाउँ छोडेर सहर जानेको संख्या बढेको हुन सक्ने रामेछाप सुनापती ३ का ईन्द्र बहादुर कार्कीले बताउनुभयो । स्थानिय सरकारले गाउँमै नागरीकहरुलाई टिकाउने योजना नल्याएसम्म बसाइँसराइ दर नरोकिने उहाँको भनाई छ ।

बसाइँसराइका धेरै कारण भए पनि पानीको अभाव,बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभाव, कृषि उत्पादन कम हुनु, जस्ता कारण मुख्य रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरेले बताउनुभयो । पछिल्लो समय बढ्दो बसाइँसराइ दरलाई रोक्न स्थानिय सरकारले गाउँमै शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात तथा अन्य स्रोतसाधनमा सहज पहुँच पुग्ने खालका कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार