पाँच वर्षको विकास हेर्न मन्थली आउनुहोस : नगर प्रमुख बस्नेत(भिडियो)सहित

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले पाँच बर्षको अबद्यिमा मन्थलीमा विकासले फड्को मारेको बताउनुभयो । जननिर्वाचित जनप्रतिनिधी आएदेखी अहिलेसम्म अर्थात ५ वर्षको अवद्यिमा शिक्षा,स्वास्थ्य,कृषि,विद्युत,खेलकुद,भौतिक पूर्वाधार जस्ता क्षेत्रमा निकै परिवर्तन आएको उहाँले बताउनुभयो । निशुल्क मिर्गौला परीक्षण अभियानको नतिजा सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । https://www.youtube.com/watch?v=vpakGLBdUDE

म्यादी प्रहरीमा भर्ना हुन आएका दोरम्बा शैलुङका एक युवकको नदीमा डुबेर मृत्यु

म्यादी प्रहरीमा भर्ना हुन रामेछाप सदमुकाम मन्थली आएका एक युवकको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ का वर्ष १९ का ईशान विकको ज्यान गएको हो । आज दिउँसो पौडी खेल्न तामाकोशी नदीमा पुगेका विकको नदीमा डुबेर मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । नदीमा पौडी खेल्न […]

भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनसक्ने

राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा लिनको लागि निवेदन दिन आग्रह गरेको छ । आयोगले आज ३५ दिने सूचना निकालेर आजदेखि आयोगले तोकेको ढाँचा अनुसार निवेदन फारम स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलक मार्फत पेश गर्न अनुरोध गरेको छ । आयोगले सातै प्रदेशका ३८ जिल्लामा निवेदन दिन सकिने जनाएको […]

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला भएको छ । नेपाली सेनाले आज सूचना जारी गर्दै ४ हजार सैन्य माग गरेको हो । कक्षा ८ उत्तिर्ण गरेका व्यक्तिले २७ भर्ना केन्द्र मध्ये आफुलाई पायक पर्ने स्थानमा गई आवेदन दिन सक्नेछन् । नेपाली सेनाले खुल्ला तर्फ २ हजार ९८, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्तती […]

सुकाजोर रजयछापका आगलागी पीडितलाई रामेछाप नगरपालिकाका कर्मचारीले सहयोग गर्ने

शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिकामा कार्यरत कर्मचारीहरुले सहयोग गर्ने भएका छन । नगरपालिकामा कार्यरत सबै कर्मचारीहरुले एक दिनको तलब आगलागी पीडितलाई सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो । सबै कर्मचारीहरुको एक दिनको तलब एक लाख ४० हजार रुपैयाँ […]

गौरीशंकर माविले बस सेवा सुरू गर्दै,विद्यालयमा आईपुग्यो बस

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यालय बस सेवा सुरू गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन विद्यालय बस सन्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्ण मगरले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्दै टाढाटाढाका विद्यार्थीहरुको सहजताका लागी बस सेवाले टेवा पुग्ने उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक […]

सुकाजोर रजयछापका आगलागी पीडितलाई नगद ५० हजारसहित चामल र डस्ना सहयोग

शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिका वडा नं ७ का स्थानिय धु्रव बस्नेत र झलक बस्नेत(दाजुभाई)ले संयुक्त रुपमा नगद ५० हजार रकम सहयोग गर्नुभयो । त्यसैगरी पशुपति कपान कटास उद्योगका सन्चालक सरोज आले मगरले आगलागी पीडितलाइ ११ थान डस्ना वितरण गर्नुभयो । त्यसैगरी लिखुतामाकोशी गाउँपालिका […]

रामेछापको रजयछापमा भिषण आगोलागी ११ घर जलेर नष्ट,आगो नियन्त्रणमा लिन समस्या

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागी भएको छ । आज दिउँसो रजयछापमा आगोलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । रजयछापका चिरन्जिवी श्रेष्ठ,एकलाल श्रेष्ठ,हिम लाल श्रेष्ठ,भिमलाल श्रेष्ठ, दलबहादुर मगर, ठेकबहादुर मगर, चेत बहादुर मगर, इश्वरीलाल श्रेष्ठ, धनबहादुर श्रेष्ठ,धन ब मगर र शंकरकुमार श्रेष्ठको घर जलेर नष्ट भएको वडाअध्यक्ष समिर कार्कीले जानकारी […]

रामेछापको रजयछापमा भिषण आगोलागी १३ घर जलेर नष्ट

रामेछापको रामेछाप  नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागी भएको छ । आज दिउँसो रजयछापमा आगोलागी हुँदा १३ घर जलेर नष्ट भएको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले जानकारी दिनुभयो । स्थानियका अनुसार विद्युत सर्ट भएर एक घरमा आगोलागी भएको र उक्त आगो फैलिएर अन्य घरहरुमा पनि क्षति पुगेको असई चौलागाईले बताउनुभयो । […]

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिए

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन । जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा भर्ना हुन १६ सय ७५ जनाले आवेदन दिएका हुन । नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना हुनको लागी आइतबारदेखि शुक्रबारसम्म आवेदन खुला गरेको थियो । यो अवद्यीमा १६ सय ७५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब […]