टिकटक प्रयोग प्रतिको बढ्दो आकर्षण:  भाइरल हुने माध्यम कि समयको बर्बादी ! 

टिकटक प्रयोग प्रतिको बढ्दो आकर्षण:  भाइरल हुने माध्यम कि समयको बर्बादी ! 

घटना १. स्थायी बसोबास प्युठान , सामान्य पारिवारिक अवस्था उमेर ६१ बर्ष , नाम मेनबहादुर बुढा अर्थात “भेलुबाजे” सामान्य ज्याला मजदुरी गरेर आफ्नो  जिविकोपार्जन गरिरहेका मेन बहादुर लाई एकाएक सोसल मिडिया ले ” भेलुबाजे “बनाइदियो । ठेट , तोडिलो र अश्लील शब्द बोलेकै भरमा युटुब बाट टिकटक हुँदै फेसबुक, ट्विटर , सम्म केही समय राम्रै छाएका उनै भेलुबाजे टेलिफिल्म “ख्यालठट्टा”, सम्म मात्र छाएनन उनिसङ्ग  मनकामना रोधीघरमा वरिष्ठ लोकगायिका राधिका हमाल ले  घम्साघम्सी दोहोरी गाइन, वरिष्ठ संगितकार बि बि अनुरागी ले उनिसङ्गै मिलेर  “काटे डाली कैन “गित  रेकर्ड गर्न भ्याए ।
तर बिस्तारै उनको क्रेज हराउदै गयो अन्ततोगत्वा उनले समाजमा बिकृती फैलाएको भन्दै नियन्त्रण को माग गर्दै जिल्ला प्रशासन कार्यलय प्युठान मा उजुरी परेको छ ।
घटना २. आफ्नो हसिलो अनुहार , चंचलता र मिठासपुर्ण बोलिको कारण “के छ हजुर ” भन्दै युटुब बाट टिकटक हुँदै सामाजिक सन्जाल छाएका गुल्मिका ९ बर्ष का बालक सचिन परियार केही समय सोसल मिडियाको हरेक प्लेट फर्ममा छाए ।उनले छोटो समयमा चर्चित कार्यक्रम “इन्द्रेणी “देखि  टेलिसिरियल “मेरिबास्सै ” हुँदै महानायक राजेश हमाल सङ्ग समेत म्युजिक भिडियो सम्म खेल्न भ्याए । उनलाई प्रयोग गरि कयौ युटुबर ,टिकटकर , निर्माता निर्देशक आफै भाइरल भए उनीहरुले निर्माण गरेका भिडियो ले करोड भ्युज मात्र पाएन साथै लाखौ आम्दानी समेत प्राप्त गरे , तर उनै सचिन आज विविध कारण सोसल मिडिया बाट लगभग गुमनाम अवस्थामा छन, त्यतिमात्र हैन आज उनी बिरामी हुदा उपचार को लागि समेत अभाब हुने अवस्था सिर्जना भएको छ ।
घटना ३. उमेर ५४ बर्ष घर अछाम को मल्लेख गाउँपालिका ४ ठाटी नाम रंगादेबी बुढा उमेर ले बुढ्यौली तर्फ लम्कदै गर्दा बिगत एक बर्ष देखि उनी सोसल प्लेटफर्म टिकटकमा निक्कै भाइरल भइरहेकी छिन, सामन्य प्रौढ शिक्षा सम्म मात्र अध्ययन गरेकी बुढा ,टिकटक मा  आफ्नै मौलिक अछामी भाषामा बोलेका शब्द र बेला बेला  टिकटक मा लाइभ बसेर “ए” ले “बि” लाई “बि “ले “सि “लाई ट्याप ट्याप गर्नु भन्दै बोलेर भाइरल भएकी उनले यो एक बर्ष को अवधिमा  टिकटक चलाउन प्रयोग गरेको रिचार्ज को पैसा तिर्न भर्खरै मात्र उनले गोठको लैनो भैंसी बेचेकी छ्न ५० हजारमा । पुत्र बियोगको पीडा भुल्न भन्दै टिकटक को साहारा लिएकी उनिमा आज टिकटकको लत नै बसिसकेको छ ।
माथी उल्लेखित यी घटना केवल केही प्रतिनिधि उदाहरण मात्र हुन सन २०१८ देखि बिश्वब्यापी रूपमा प्रयोग मा आएको चिनियाँ एप टिकटक को प्रयोग आज बिश्वभर बढ्दो रूपमा छ । आफ्नो प्रतिभा प्रस्फुटन गर्न देखि लिएर  व्यापार ब्यबसाय र राजनित समेत प्रबर्द्धन गर्ने थलो को रूपमा बिकास भएको छ  टिकटक । नेपाल मा टिकटक कै माध्यम बाट तनहुँ को मानुङ्कोट, पर्वतको पाङ गाउँ र बाग्लुङ जोड्ने पुल ,देखि म्याग्दिको रत्नेचौरको तोरिबारि समेत टिकटक कै कारण सामाजिक संजाल मा भाइरल भयो , टिकटक कै कारण कंचनपुर का युवा अंश बर्मा, पोखराकी गिर्भिना मगर , काठमाडौ कि मन्दिरा ढुंगाना देखि ट्विन्स गर्ल प्रीज्मा प्रीन्सी र स्मारिका सामरिका समेत स्थापित कलाकार बन्न सफल भए ।
तर पछिल्लो समय टिकटक लाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने माध्यमको रूपमा भन्दा बढी पैसा कमाउने माध्यमको रूपमा प्रयोग गर्ने क्रम बढ्दो छ, टिकटकमा लाइभ बस्ने र गिफ्ट माग्ने देखि टिकटक मै आत्महत्या को प्रयास गर्ने सम्मको घटना नेपाल मा बढ्दो रूपमा रहेको छ ।
मानिस हरुको तनाव बिसाउने सितल छाहरी बनेको टिकटककै कारण मानिसलाई खुसी बनाउने गतिलो माध्यमको रूपमा बिकास भएको टिकटकको बढ्दो प्रयोग लाई मनोचिकित्सक हरु टिकटकको लत भन्न रुचाउँछन् , मनोचिकित्सक हरु भन्छ्न “यो एपको अत्याधिक प्रयोग ले पारिवारिक ,शैक्षिक, सामाजिक गतिविधिमा असर पुर्याउनुको साथै मनोबैज्ञानिक वृत्ति बिकास मा समेत अबरोध पुर्याईरहेको छ ,अझ टिकटक प्रयोगकर्ता हरु भाइरल शब्द को पछि लाग्दै गएको देखिन्छ । यस्तो अवस्थामा मानिसहरु आफुले चाहेको वा खोजेको जस्तो लाइक ,कमेन्ट र भ्युज नआउने चिन्ता ले झन ग्रस्त भइरहएको हुन्छ जस्ले प्रत्यक्ष रूपमा मनोबैज्ञानिक असर पुर्याउदछ “
अन्त्यमा कुनैपनी चिज आफैमा नराम्रो र खराब भन्ने हुँदैन त्यसलाई प्रयोग गर्न र त्यो चिजको महत्त्व बुझ्न सकियो भने त्यो चिजलाई सहि रूपमा प्रयोग गर्न सकियो भने ब्यक्ति स्वयं लाई मात्र हैन परिवार समाज ,समुदाय र सिङ्गो राष्ट्रमा नै सकारात्मक संदेश प्रवाह हुने कुरामा दुबिधा छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार