कर्ण गुरुङसँगको सहकार्यमा द भ्वाइस अफ नेपालका विजेता करण राई र सीडी विजय अधिकारीले गरे भोजन वितरण

कर्ण गुरुङसँगको सहकार्यमा द भ्वाइस अफ नेपालका विजेता करण राई र सीडी विजय अधिकारीले गरे भोजन वितरण

द भ्वाइस अफ नेपाल १ र ४ का विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङसहितको समुहले गरीब, दुःखी र असहायहरुलाई भोजन वितरण गरेका छन् ।

सडकको चिसो पेटीमा आफ्नो गुजारा चलाईरहेका गरीब, दुःखीहरुलाई उक्त समुहले भोजन वितरण गरेको हो । समाजसेवी प्रदीप घिमिरेसँग सहकार्य गर्दै अध्यक्ष गुरुङको समुहले सडक पेटीमा आफ्नो गुजारा चलाउन बाध्य भएकाहरुले अब कहिल्यै भोको पेट सुत्न नपर्ने बताए ।

ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङले यस भोजन वितरणलाई एउटा नयाँ रुप “भिड द स्ट्रिट” भनेर गर्न सकियो भने सबै गरीब, दुःखीहरुलाई ठूलो राहत हुने बताए । देश विदेशमा रहेका हरेक नेपाली दाजुभाईहरुलाई यस कार्यमा सहभागी हुनका लागि आग्रह समेत गरेका छन् ।

अमेरिकाबाट नेपाल आई भ्वाइस अफ नेपाल सिजन ४ जित्न सफल भएका करण राईले सडकको पेटीमा सुत्न बाध्य भएकाहरुलाई यसरी भोजन वितरण गर्न पाउँदा अत्यन्तै खुशी भएको बताएका थिए । त्यस्तै भ्वाइस अफ नेपाल सिजन १ जितेका विजेता सीडी विजय अधिकारीले सडकका पेटीमा सुत्नेहरुलाई हरेक दिन भोजन वितरण गर्न सकियो भने त्यो गौरवको कुरा रहने जिकिर गरे ।

त्यस्तै समानसेवी प्रदीप घिमिरेले चिसो सडकपेटीमा सुतेर आफ्नो गुजारा चलाइरहेका गरीब तथा असहायहरुलाई विगत लामो समयदेखि खाना तथा राहत वितरण गर्दै आइरहेका छन् । आफ्नो जिवनको यात्रामा समाजसेवा गर्नबाट आफु पछि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार