अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह
सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो । कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरि उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गर्नुभयो । उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढीरहेको […]