नेपालमा आज एकै दिन ५ हजार ८ सङ्क्रमित थपिए

नेपालमा आज एकै दिन ५ हजार ८ सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना सङ्क्रमित थपिएका हुन् । २४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् । अब देशभरि सक्रिय सङ्क्रमितको संख्या ३० हजार ८१८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार