रामेछाप नपाका ३ कर्मचारी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप नपाका ३ कर्मचारी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका ३ जना कर्मचारी सहित आज थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । रामेछाप नगरपालिकाबाट यहि असोज २२ गते ७९ जनाको स्वाब पिसिआर परीक्षणका लागी पठाइएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

कोरोना संक्रमित हुनेहरुमा वर्ष २६ का महिला , ३४ महिनाकी बालिका , २५ वर्षका पुरुष , ४९ वर्षकी महिला , ७ वर्षका बालक , २५ वर्षका पुरुष , ३० वर्षका प्ुरुष र १३ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । योसँगै हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार