रामेछापका १६० जनाले जिते कोरोना

रामेछापका १६० जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १६२ जनामध्ये १६० जना निको भैसकेका छन भने २ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । संक्रमति १ जना जिल्ला अस्पताको आईसोलेसनमा र १ जना गोकुलगंगा अस्पतालमा उपचारत रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । हिजो मन्थली नगरपालिकाका दशजना र […]

कोरोना सङ्क्रमित बिरामीले धरौटी बुझाए मात्रै उपचार हुने

नेपालमा पछिल्लो समय बढ्दै गरेको कोरोना सङ्क्रमणको दरका कारण बिरामीहरुलाई उपचार पाउन समस्या हुन थालेको छ । अस्पतालहरुले कोरोना सङ्क्रमित बिरामीहरुसँग धरौटी लिनथालेपछि सामान्यनागरिकलाई उपचारमा अप्ठयारो परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचारका लागि धरौटी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या […]

कोरोना परीक्षण निः शुल्क गर्ने सर्वोच्चको निर्णय विरुद्ध सरकार पुनरावलोकनमा जाने

सरकार सर्वोच्च अदालतले कोरोना परीक्षण निः शुल्क गर्न भनेर दिएको आदेश विरुद्ध पुनरावलोकनमा जाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ असोजमा सर्वोच्च अदालतले सबै जनताको पिसिआर परीक्षण निःशुल्क गर्नु भन्दै दिएको उत्प्रेषण र परमादेश खारेज गर्न सरकार पुनरावलोकनमा जाने भएको हो ।महामारीको रुपमा देखिएको कोरोना भाइरस परीक्षणका लागि गरिने पिसिआर निःशुल्क हुनुपर्ने […]

लक्षण देखिएमा तत्काल पीसीआर जाँच गराउन विज्ञहरूको सुझाव

कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गर्दा विशेषज्ञ चिकित्सकहरूले कोरोनाका लक्षण देखिएमा तत्काल पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन् । सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिए तत्कालै पिसिआर परीक्षण गर्न सुझाव दिनुभएको हो । उहाँले कोरोना जस्ता लक्षण देखिए पिसिआर परीक्षणमा ढिला गर्न नहुने सुझाव दिनुभयो । डा.सुवेदीले सिकिस्त भइयो भने […]

दशैँको मनोवैज्ञानिक महत्त्व : चाडपर्वले मानसिक स्बास्थ्यमा सकारात्मक प्रभाव

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु […]

नेपालमा कोरोना संङ्क्रमितमा रेमडिसिभर र प्लाज्मा थेरापीबाट गरिएको उपचार प्रभावकारी

महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध १ सय ५४ वटा खोप विकास भइरहेको छ । यी मध्ये ४४ वटा खोप परीक्षणका लागि मानिसमा प्रयोग गरिएको छ । यसबाहेक इबोलाविरुद्ध प्रयोग हुने रेम्डिसिभर नामक खोप कोरोनाविरुद्धको उपचारमा पनि प्रभावकारी देखिएको छ । कोरोना सङ्क्रमणका सुरुका दिनमा नेपालमा १ लाख रुपैयाँसम्म रेमडिसिभरको खरिदबिक्री भयो तर […]

रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । […]

दसैंमा खानपान गर्दा ध्यान दिनुपर्ने पोषणविद्को सुझाव

छोटो अवधिमा धेरै प्रकारका खानेकुरा खाइरहने गर्दा उल्टै स्वास्थ्यमा नकारात्मक असर पर्नेभन्दै पोषणविद्ले सचेत गराएका छन् ।छोटो अवधिमा धेरै प्रकारका खाना खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने पोषणविद् डा. मनसा थापा ठकुराठीले बताउनुभयो । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो कम खान उहाँको सुझाब छ । दसैँका वेला मांसाहारी भोजनसँगै चिल्लो र धेरै परिकार […]

कोरोना सङ्क्रमित बिरामीले स्वःघोषण गरे निःशुल्क उपचार हुने

नोबेल कोरोना भाइरसको जाँच र सङ्क्रमितको उपचार स्वयं बिरामीले गर्नुपर्ने ७ दिनअघिको निर्णय सरकारले नसच्याए पनि मापदण्ड मिल्नेगरी बिरामीले स्वघोषण गरेमा निःशुल्क उपचार गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै यसको सङ्केत गर्नुभएको हो । कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि सरकार कुनै पनि बहानामा पछि नहट्ने प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले […]

रामेछापमा १३२ जनाले जिते कोरोना

रामेछाप जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या १३२ पुगेको छ । जिल्लाका थप ३३ जना कोरोना संक्रमितले एकै दिन कोरोना भाइरसलाई जितेँका छन् । कोरोना संक्रमण भएपछि विभिन्न ठाउँमा होम तथा संस्थागत आइसोलशनमा बसेका ३३ जनाले शुक्रबार एकैदिन कोरोनालाई जितेका हुन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार १५ जना महिला र १८ जना पुरुष […]