रामेछापका थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापका थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप आठ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक २४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका २४ जनाको स्वाबमध्ये आठ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार मंगलबार राति आएको स्वाब परीक्षण रिपोर्ट अनुसार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ३८ वर्षका पुरुष ,मन्थली नगरपालिका वडा नं ५ को हेल्थ पोष्टमा कार्यरत ३७ वर्षकी महिला स्वास्थ्यकर्मी ,उनको १२ वर्षका छोरा ,नेपाल बिद्युत प्रधिकरण रामेछापमा कार्यरत ५२ वर्षका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं ७ का ५७ वर्षका पुरुष शिक्षक ,मन्थली नगरपालिका वडा न २ का ३० वर्षका पुरुष र मन्थली नगरपालिका वडा नं ५ का १३ र ६५ वर्षकी महिलालाई कोरोना सङ्क्रमण भएकोे देखिएको छ । यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १८७ पुगेको छ । हालसम्म जिल्लाका १६१ जना सङ्क्रमितले कोरोना भाइरसलाई जितेका छन् । २६ जना संक्रमितको आईसोलेसना उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार