देशमा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशमा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा १ लाख ९१ हजार ६ सय ३६ सङ्क्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरी सकृय सङ्क्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७६६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४४जना रहेका छन् ।

यसैबीच, कोरोना सङ्क्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४४१ जना कोरोना सङ्क्रमितको विभिन्न अस्पतालका आइसीयू तथा भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार७६ जना भेन्टिलेटरमा र ३६५ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयू रहेका सङ्क्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६३ जना र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४४ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार