रामेछापका १६२ जना सङ्क्रमितले जिते कोरोना, २५ जना आईसोलेसनमा

रामेछापका १६२ जना सङ्क्रमितले जिते कोरोना, २५ जना आईसोलेसनमा

रामेछापका १६२ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १८७ जनामा कोरोना सङ्क्रमन भएकोमा १६२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा २५ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । अहिले मन्थली नगरपालिकामा १८ जना , रामेछाप नगरपालिकामा पाँचजना र सुनापति गाउँपालिकामा दुईजना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा दुईहजार ३१४ जनाको स्वाब परीक्षण गरिएको छ । यसमध्ये दुईहजार १२७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ६९ जना र १५० पुरुष गरि २१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार