बिमा दावी भुक्तानी बिमा कम्पनीहरुले दिन सुरु

बिमा दावी भुक्तानी बिमा कम्पनीहरुले दिन सुरु

केही महिना यता रोकिएको कोरोना बीमा दावी भुक्तानीबीमा कम्पनीहरूले दिन सुरु गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनपछि ७ दिनभित्रै दावी भुक्तानी दिने व्यवस्था गर्न ५ दिनअघि बीमा कम्पनीहरूलाई बीमा समितिले भनेको थियो । यो निर्देशनपछि कम्पनीहरूले दावी भुक्तानीको कामलाई पहिलो भन्दा तीव्रता दिएका छन् । २ महिना यता निजी ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पेश गरेका बिमितलाई कम्पनीले भुक्तानी दिएका थिएनन् । सरकारी ल्याबमा परीक्षण गराएकाहरुलाई पनि निकै ढिला गरेरमात्रै दाबी भुक्तानी दिइरहेका थिए । पछिल्लो समय बीमा कम्पनीहरूले दावी भुक्तानी जतिसक्दो चाँडो गर्न थालेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताउँनुभयो । ५ दिनमा ३ हजार ५ भन्दा बढीले कोभिडबीमा दावी भुक्तानी पाइसकेका छन् । अझै १३ हजार दावी भुक्तानी हुन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार