रामेछापका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछापका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार ३ सय १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाका १६३ जनाले कोरोना भाईरसलाई जितेका छन ।

विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७९ जनामध्ये १६३ जना निको भैसकेका छन भने १८ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७९ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय १३ जनामा गरी ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

अहिलेसम्म जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७४२, रामेछाप नगरपालिकामा २९४ ,उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५५ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १५१ जनाको पिसिआर परीक्षणको लागी स्वाब परीक्षण गरिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार