चार महिनामा मात्र कोरोना उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च

चार महिनामा मात्र कोरोना उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च

पछिल्लो चार महिनामा मात्र कोरोना सङ्क्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो ।मन्त्रालयबाट सङ्क्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निणर्य गरेको पनि उहाँले बताउनुभयो ।

नेपालमा कोरोना भाइरस कोभिड(१९ सङ्क्रमितको संख्या भने २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो ।उनीहरूमध्ये १ हजार १ सय ७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ६६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८ हजार ९ सय १२ जना सक्रिय सङ्क्रमित छन् ।२४ घण्टामा देशभर कोरोनाबाट थप २६ जनाको मत्यु भएको छ । मन्त्रालयलेसार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको ालसम्म ११ सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार