दलित परिवारमा सुनापति गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने

दलित परिवारमा सुनापति गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने

रामेछापको सुनापति गाउँपालिकाले दलित परिवाजनका लागि निःशुल्य स्वास्थ्य विमा सञ्चालन गरेको छ । गत आर्थिक वर्ष २०७६र०७७ देखि सञ्चालनमा ल्याएको दलित घर परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई पालिकाले चालु आर्थिक वर्ष पनि निरन्तरता दिएको हो । पालिकाले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तिरेर विमा गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २ सय ८ घर परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको पालिकाले चालु आर्थिक वर्ष २०७७र०७८ को १० लाख रुपैयाँ बजेटबाट हाल निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष लामाले बताउनु भएको छ । अब स्वास्थ्य बिमा गरेका दलित परिवारका सदस्यहरुले एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने भएका छन् । एक जनाको बिमा गरेपछि त्यस परिवारको पाँच जनाले एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा लिन पाउने छन् ।

५ वटा वडा रहेको पालिकाले पालिका अन्तर्गतका सबै दलित घर परिवारका सदस्यहरुको स्वास्थ्य बिमा गरिदिएको अध्यक्ष लामाले बताउनुभयो । अहिले उनीहरुको घरमै पुगेर स्वास्थ्य बिमा गरिदिने कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाई छ । यस्तै, गत वर्ष दलित घर परिवारका सदस्यहरुको मात्रै निःशुल्क स्वास्थ्य बिमा गरेको पालिकाले यस वर्षदेखि सीमान्तकृत समुदाय माझी र पहरीका घर परिवारका सदस्यहरुको पनि स्वास्थ बिमा गरिदिने नीति लिएको सुनापति गाउँपालिकाका सूचना अधिकारी सन्तोष चौलागाईले जानकारी दिनुभयो । तर, निःशुल्क गर्ने कि शुल्क लिएर गर्ने भन्ने विषयमा हालसम्म कुनै पनि निर्णय नभएको सूचना अधिकारी चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार