देशमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैविच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप १ हजार ५ सय ३३ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित पुष्टि हुनेमा ७ सय १० महिला र ८ सय २३ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना नयाँ सङक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोनाबाट थप २१ को मृत्युभएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १हजार १ सय ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार