रामेछापको मन्थलीमा ट्याक्सी दुर्घटना, ८ जना घाइते

रामेछापको मन्थली नगरपालिकाको मच्छेडाँडीमा ट्याक्सी दुर्घटना भएको छ । मन्थली नगरपालिका ४ सालुबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ क ९४४ नम्बरको ट्याक्सीे वडा नम्बर १ स्थित मच्छेडाँडीमा दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाईते भएको छन । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठका अनुसार दुर्घटनामा परी मन्थली नगरपालिका ८ चिसापानीका २३ […]

अब स्थानीय सरकारले विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय गर्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न […]

नेपाली काँग्रेसमा महाधिवेशनको मितिका विषयमा नेताहरूबीच मत विभाजन

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति सार्ने विषयमा नेताहरूको मत विभाजित भएको छ । पार्टीको संस्थापन र तेस्रो पक्षले पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशनको मिति सार्नुपर्नेमा जोड दिइरहेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने महाधिवेशन सार्ने विषयमा मन्जुर छैन । फागनु ७ देखि१० भित्रको लक्ष्य भेटाउन असार २५ देखि साउन मसान्तसम्ममा […]

नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो

नेकपाभित्रको विवाद समाधान हुने सम्भावना नदेखिएपछि आज बस्ने सचिवालय बैठक अन्यौलमा परेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओली बैठक सार्ने कसरतमा लाग्नु भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्ड बैठक गराउनै पर्ने अडानमा रहनु भएको छ । सचिवालयमा गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने टुंगो भएको थियो । अध्यक्ष ओलीको […]

स्थानीय तहहरुमा अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन

सरकारले स्थानीय तहहरुलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सरकारले यही मंसिर १५ गते देशभरका तीन सय ९६ वाटा स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल संचालनका लागि निर्माण हुने भवन शिलान्यास गर्ने निर्णय गरेको । भवन शिलान्यासका लागि व्यवस्था मिलाउन निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]

मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ ।यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । […]

रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन सरकारको निर्देशन

सरकारले स्थानीय सरकारले कानुन विपरित रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन निर्देशन दिएको छ । कतिपय स्थानीय तहले रजिष्टर्ड लेखा परिक्षकबाट पनि आन्तरिक लेखापरीक्षण गराएको गुनासो आएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । सरकारले जारी गरेको स्थानीय […]

कोरोनाले समृद्धिको अभियानमा अवरोध पु¥याएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) ले नेपालको समृद्धिको अभियानमा अवरोध पु¥याएको बताउनु भएको छ । । तिहारको शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र नभइ मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले […]

संघ र प्रदेशबीच अधिकारका कतिपय विषयमा अझै विवाद

देशले संघीय शासन व्यवस्था अपनाएको ५ बर्ष पूरा भएपनि जिल्ला तहका संरचना र प्रदेशको अधिकारभित्रका कतिपय विषय अझै विवादित छन् । जिल्ला प्रशासनदेखि वन र भूमि सम्बन्धी विषय संविधान अनुकूल परिभाषित गरी अधिकार बाँडफाँड गरिएको छैन । तर संघीयता कार्यान्वयनमा भइरहेको अलमलमा प्रमुख दल नै गम्भीर नदेखिएको स्थानीय शासनका जानकार डाक्टर खिमलाल देवकोटाको तर्क छ […]

कोरोना सङ्क्रमितको उपचारका क्रममा दुई चिकित्सकको निधन

कोरोना भाइरसको सङ्क्रमणका कारण दुईजना चिकित्सकको निधन भएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा कोभिड १९ सङक्रमण भएर दुई जना चिकित्सकको निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन […]