रामेछापका फेरी २१ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइने, खोप लगाउन नाम टिपाउन आग्रह

रामेछापका फेरी २१ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइने, खोप लगाउन नाम टिपाउन आग्रह

रामेछाप जिल्लामा थप २१ सय जनालाई कोरोनाविरद्धको खोप लगाइने भएको छ स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार जिल्लाका दुई स्थानबाट कोरोना विरुद्धको खोप लगाउने छ । रामेछाप जिल्ला अस्पतालमा फागुन २ देखि ४ गते र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट फागुन ३ देखि ८ गतेसम्म खोप लगाइनेछ उहाँले बताउनुभयो । जिल्लाको आठ वटा स्थानीय तहबाट आजसम्म करिब १४ सय जनाले खोप लगाउन नाम टिपाइसकेको कर्णले बताउनुभयो । उहाँले खोप लगाउन अहिले नै नाम टिपाउनु पर्ने भएकाले खोप लगाउने लक्षित समुहले नाम टिपाउन आग्रह गर्नुभयो । यसअघि तोकिएका तर छुटेका लक्षित वर्गलाई पनि खोप लगाइने छ । यसअघि पहिलो चरणमा रामेछापका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वंमसेवीका, एम्बुलेन्स तथा शव बाहन चालकहरुलाई गरी १ हजार ९३ जनलाई खोप लगाइएको थियो । अब आठ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी, जनपथ प्रहरी सार्वजनिक संस्थान तथा वैकंका कर्मचारीलाई खोप लगाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार