रामेछापमा लाग्दै आएको विहिबारे हाट स्थगित

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको रामेछापको विहिबारे हाट स्थगित भएको छ । नेपालमा कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै जिल्लामा संक्रमण नफैलियोस भन्नको लागी रामेछाप नगरपालिकाले विहिबारे हाट स्थगित गरेको हो । वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको हाट पनि स्थगित भएको छ । नगरपालिकामा आज बसेको विपद व्यवस्थापन निर्देशन […]

माओवादी केन्द्र नयाँ सांगठानिक संरचनमा जाने

नेकपा (माओवादी केन्द्र)ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ सांगठानिक संरचनमा जाने भएको छ। हिजो बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व हुने […]

काठमाडौं उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुईवटा गाडीसम्म अनुमति लिनु नपर्ने

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भोलि देखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ। निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्ने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि देखि लागू हुने गरी सोमबार जारी गरेको आदेशमा संशोधन गर्दै विवाहमा सहभागी […]

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाको आपूर्ति प्रणाली सुचारु राख्न तोक्यो सम्पर्क व्यक्ति

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम बनाएको छ ।मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताउनुभयो । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको […]

रामेछापमा कोरोनाका १२ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा १२ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लाको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन । गोकुलगंगा गाउँपालिकामा ११ जना सकृय संक्रमितको आईसोलनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्ला अस्पताल रामेछापमा २ जना कोरोनाका संक्रमितहरुको […]

रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाले आजदेखी पालिकामा रहेका सबै विद्यालय अनिश्चिकालको लागि बन्द गरेको छ । नेपाल सहित विश्वभर कोरोनाको संक्रमण तिव्र रुपले बढी रहेको भन्दै गाउँपालिकाले विद्यार्थीहरुमा कोरोना संक्रमण नहोस भन्नका लागी सबै विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा रहेका १२ वटा मावि सहित ३३ वटा विद्यालय अर्को […]

सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

नोबेल कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर तीव्र गतिमा बढेका जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसअघिबाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका […]

अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वि विद्यालयले दोस्रो लहरको कोरोना सङ्क्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको […]

काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखी निषेधाज्ञा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसल बाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने तयारी भएको हो । तर यस बारेमा औपचारिक निर्णय भने भैसकेको छैन । हिजो बसेको […]

आज ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४ सय ४२ जना सङ्क्रमित फेला परेका हुन् । त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण […]