संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो सरकारको हो : माधव ढुंगेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवा नेता माधव ढुंगेलले कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिस्पर्धा गर्ने सरकार नभई मुलुकको समृद्धिको जगहाल्ने सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत रहनु भएका ढुंगेलले केही समयको लोकप्रियताका लागि प्रतिस्पर्धा नभई संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो […]

आजदेखि रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आजदेखि नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु भएकोे तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाएको छ । प्रतियोगिता सिनियर र जुनियर एकल तर्फ ३० जना र सनियर र जुनियर डबल तर्फ १६ टिमले सहभागीता जनाएका छन । […]

रामेछाप पकरवासमा ट्रिपर दुर्घटना २ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पकरवास कलचौर भन्ने स्थानमा हिजो साँझ ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक र सह–चालक घाइते भएका छन् । सित्खाबाट रजगाउँ तर्फ गिटी लिएर जाँदै गरेको अन टेष्ट ट्रिपर अनियन्त्रित भई नालामा पल्टेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी ट्रिपर चालक मन्थली नगरपालिकाका वडा नम्बर ८ का […]

तत्कालिन माओवादिका वडाअध्यक्षका उम्मेदवार सहित २० जना कांग्रेसमा प्रवेश

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ का तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान सहित २० जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन । प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसको वडामा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत आज साँघुटारमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान, तत्कालिन नेकपा माओवादिका महिला वडा सदस्यका उम्मेदवार […]

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गरिने

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई कडाई गरिने भएको छ । चालु आबमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा तथा भावि दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जून कुमार शर्मा गुरागाईको कार्यकक्षमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बजार अनुगमनका नाममा विगतमा भए गरेका कामको समिक्षा […]

रामेछापको बसाई आफनो लागि प्रेरक बन्यो : प्रहरी प्रमुख पाठक

पुरा एक वर्षको रामेछाप बसाईपछि सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख बसन्त पाठकले आफनो रामेछाप बसाई आफना लागि पे्ररक वनेको बताउन्ुाभएको छ । आफले रामेछाप बसाईका क्रममा यहाँको संचार जगत र नागरिक समाजबाट धेरै कुरामा प्रेरणा प्राप्त गर्न सफल भएकोले यसलाई अन्य क्षेत्रमा पनि उतार्ने प्रयास गर्ने पनि पाठकले बताउनुभयो । शुक्रबारबाट विधिबत रुपमा […]

रामेछापका २१९ जना कोरोना संक्रमित निको

रामेछापका २१९ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका २ जना स्वास्थ्यकर्मी कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १९ पुगको हो । दोरम्बाका एक महिला र एक पुरुष स्वास्थ्यकमी कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । अब मन्थली नगरपालिकामा १ जना सक्रीय […]

शुक्रबारदेखि रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबार अर्थात भोलिदेखि नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा भोलिदेखि सुरु हुने तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाइने नगरपालिकका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो । खेलको सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । ३ दिनसम्म चल्ने […]

रामेछापमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचन आयोगले गत पुस १६ गतेदेखि नै आगामी फागुन २१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आज रामेछाप सदरमुकाम मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रमा जानकारी […]

विहिबार नेपाली कांग्रेसले रामेछापका ६४ वटै वडामा विरोध प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसले विहिबार रामेछापको ६४ वटै वडामा विरोध प्रदर्शन गर्दै छ । केन्द्रका घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस रामेछापले सबै वडामा विरोध विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रदेश निर्वाचन क्षेत्र र आठ वटै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न गरेको नेपाली कांग्रेस रामेछापले विहिबार सबै वडामा विरोध प्रदर्शनको कार्यक्रम गर्न […]