पत्रकार संकट ब्यबस्थापन कोषमा तरुण नेता केसिद्वारा १० हजार सहयोग

पत्रकार संकट ब्यबस्थापन कोषमा तरुण नेता केसिद्वारा १० हजार सहयोग

नेपाल तरुण दल रामेछापका जिल्ला सदस्य एवं युवा व्यावसायि सौरभ केसिले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

खाँडादेवी गाउँपालिका वडा नं ७ माकादुम घर भएका केसीले पत्रकारहरुको सुरक्षा र संकट ब्यबस्थापनका लागि उक्त रकम सहयोग गर्नुभएको हो । लामो समय देखि पोखरामा ब्यबसाय गर्दै आउनु भएका केसिको समाज सेवामा पनि उत्तिकै योगदान रहेको छ ।

गत स्थानीय निर्वाचनमा वडा सदस्यका प्रत्यासी समेत रहेका केसीले राज्यको चौथो अंग पत्रकार जगतलाई सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । आफुले गरेको सानो सहयोगले अरुलाई पनि सहयोग गर्ने हौसला मिलोस् भन्ने उद्देश्यले यो सहयोग गरेको उहाँको भनाइ छ ।

रामेछापका धेरै पत्रकारहरु कोभिडको संक्रमित भएको र उचित ब्यबस्थापन गर्न आफुले सहयोग गरेको उहाँले बताउनुभयो । पत्रकार संकट ब्यबस्थापन कोषमा सहयोग गर्न चाहने सहयोगि मनहरुले राष्ट्रीय वाणिज्य बैक मन्थलीमा रहेको महासंघको खाता नं १६८०१००००४६७०००१ मा आफुले सकेको सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार