रामेछाप कारागारमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा

रामेछाप कारागारमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा

जिल्ला कारागार रामेछापमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसरमा आधा अवधि कैद भुक्तान गरिसकेका  रामेछाप कारागारमा रहेका १२ जना कैदीको कैद सजाय मिनाह भएको  हो ।

जिल्ला कारागार रामेछापले ५० प्रतिशत कैद भक्तान गरिसकेका २१ जनाको नाम कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको थियो । सिफारिस गरेका मध्य बाँकी कैद सजाय मिनाहाका लागि १२ जनाको नाम गृह मन्त्रालयमा पठाएको थियो । रामेछापका कैद सजाय मिनाहा पाएका १२ जनामध्य ७ जना धेरै कर्तव्य ज्यान मुद्दा, एक जना साधारण चोरी मुद्दा,१ जना ज्यान मार्ने उद्योगमा एक जना ज्यान मुद्दाका, एक जना चोरीका र एक जना बहु विवाहमा कैद  सजाय भोगी रहेका रहेको रामेछाप कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार