रामेछाप बाम्तीमा आगलागीमा परी दम्पतीको मृत्यु

रामेछापको उमाकुण्ड गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी एक दम्तीको जलेर ज्यान गएको छ । उमाकुण्ड गाउंपालिका वडा नं २ बाम्तीको लहरेटोलमा आज बिहान आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीशङ्कर श्रेष्ठले दिनुभएको जानकारी अनुसार आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया सीता कार्कीको ज्यान गएको छ । […]

रामेछाप मन्थलीका बजार र गोकुलगंगाको ३ वटा वडामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला स्तरीय कोभिङ्ग–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा […]

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको निर्देशन

कोरोना सङ्क्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ । निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । […]

कोरोना उपचारमा आवश्यक पुर्वाधार बनाउन सरकारलाइ एमालेको ध्यानाकर्षण

नेकपा एमालेले कोरोना सङ्क्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारका साथै अत्यावश्यक औषधिको तत्काल प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो बालुवाटारमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले कोभिडका सङ्क्रमितहरुको आवश्यक उपचारका लागि प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले […]

आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । हिजो मात्र नयाँ सङ्क्रमितको संख्यामा रेकर्ड ५ हजार ७ सय […]

रामेछापमा कोरोनाका ४३ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा ४३ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लामा मन्थली नगरपालिकामा १९ जना,रामेछाप नगरपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा १० जना,दोरम्बा गाउँपालिकामा २ जना,लिखु तामाकोशी गाउँपालिकामा ७ जना र जिल्ला अस्पतालमा ४ जना कोरोना संक्रमित रहेका छन । ३९ जना होमआईसोलेसनमा र ४ जना जिल्ला […]

आज चौथो सूचना प्रविधि दिवस मनाइँदै

आज चौथो राष्ट्रिय सूचनाप्रविधि दिवस मनाइँदैछ । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ यो दिवस मनाउन लागिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिवसको अवसरमा शुभकामना दिँदै सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको बताउनुभएको […]

आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो । उहाँले हाललाई केहि समयका लागि वर्षा रोकिएपनि दिउँसो वा […]

कोरोना सङ्क्रमण दर कम गर्न निषेधाज्ञामा आजबाट कडाइ गरिँदै

नोबेल कोरोना भाइरसको सङ्क्रमण दर तीव्र हुँदै गएपछि सरकारले निषेधाज्ञा कार्यान्वयनमा आजबाट थप कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को हिजोको बैठकको निर्णय अनुसार आजबाट जाँच तथा कारबाहीलाई बिहानैदेखि सुरु गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी बसन्तबहादुर कुवँरले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा थप कडाइ गर्न जगेडामा […]

देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ६९ जनाका पिसिआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय ६३ जनालाई सङ्क्रमण पुष्टि भएको छ । योसँगै […]