रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार (फोटोफिचर)

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार (फोटोफिचर)

सरकारले रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारलाई आधुनिक शहरको रुपमा विकास गरिने भनेर आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषण माफर्त घोषणा गरिसकेको छ । यो खबरले रामेछाप बजार बासी निकै खुशी भएका छन ।

रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको रामेछाप बजार विकासको दृष्टिकोणले निकै पछाडि परेको छ । पुरानो सदरमुकाम भएर पनि यो बजार कहिले माथी उठ्न सकेन । सरकारले बजेट भाषण माफर्त आधुनिक शहरको रुपमा विकास गरिने भनेपछि यहाँका नागरिकहरु सुन्दर र व्यवस्थित सहर बन्छ भन्दै उत्साहित देखिएका छ्न ।

सरकारले पुराना शहर पुनरुत्थान कार्यक्रम अन्तर्गत रामेछापबजारलाई आधुनिक शहर बनाएर पुनरुत्थान गर्न लागिएको छ । अहिले कस्तो छ त रामेछाप बजार तस्वीरमा हेर्नुस् :

तस्वीर : सिताराम श्रेष्ठ                                                         

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार