हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी अर्थात् छोरी सम्मेलन हुने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी अर्थात् छोरी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरी बेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीन दिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न ’कू’ प्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका […]

रामेछापको ठोसेमा आगलागीमा परेर एक जनाको मृत्यु

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे स्थित चौरपातलका किपाले शेर्पाको घरमा गएराती आगलागी हुँदा एकजनाको जलेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको आगोमा जलेर ज्यान गएको हो । ढुङ्गामाटोले बनेको शेर्पाको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट […]

आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु

सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । आज देखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको हो । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुशी व्यक्त गरेका […]

रामेछाप नगरपालिकामा आधुनिक उत्पादनमुखी विकास बारे २ दिने तालिम सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा २ दिने आधु्निक उत्पादनमुखी विकास अवधारणा,मोडल र भुमिका सम्बन्धि तालिम आजबाट सुरु भएको छ । तालिममा विकासमा आधुनिक मोडलहरुको पद्धती,तरिका,विकासलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईने रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले जानकारी दिनुभयो । २ दिनसम्म सन्चालन हुने तालिममा नगरपालिकाका ९ वटै वडाहरुबाट वडा मेलमिलापकर्ता संयोजक र […]

रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन हुने तयारी कक्षामा नगरपालिकाका ५० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । यस अघि नगरका ९ वटै […]

रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण

रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभयो । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बनेको हो । उक्त बस्ती निर्माणका लागि […]

संसद विघटन विरुद्ध रामेछापमा काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन

प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस रामेछापका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद पुनस्थापनाको माग सहित नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्थाहरुले संयुक्त रुपमा शनिबार बिहान प्रधानमन्त्रीको कदम विरुद्ध ¥यालीको आयोजना गर्दै विरोध प्रर्दशन गरेका हुन् । प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद […]

रामेछाप नगरपालिकामा न्यायिक समितीको काम प्रभावकारी

रामेछाप नगरपालिकामा उपमेयर सृजना खड्काको संयोजकत्वमा न्यायिक समिती बनेदेखिहालसम्म साना मुद्दाहरु स्थानिय तहमा नै मिल्ने गरेका छन् । जिल्ला अदालत रामेछापका अनुसार न्यायिक समीती गठन पश्चात रामेछाप नगरपालिकाबाट अदालतमा जाने मुद्दाको संख्या समेत घटेको छ । स्थानिय स्तरमानै बिना पैसा मुद्दाहरु मिल्न थालेपछी साना मुद्दाहरुमा जनताहरु अदालत धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन । रामेछाप नगरपालिकामा […]

मुलुकको रक्षाका लागि डटेर लाग्छु : उपप्रधानमन्त्री पोखरेल

नेकपा बागमति प्रदेशले आज काठमाडौँको दरवारमार्गमा आयोजना गरेको आमसभामा नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जस्तोसुकै प्रतिकुलता आए पनि मुलुकको रक्षाका लागि डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको अराजकता अस्थिरता समाप्त गर्ने अभियानमा आफूहरु रहेका बेला केही तत्वहरुले विभिन्न बहानामा अवरोध गरेपनि आफूहरु देश र जनताका लागि अगाडि बढेको पोखरेलले बताउनुभयो । जनताको […]

जनताले चुनावमार्फत स्थायित्व खोजेको प्रधानमन्त्री ओलीको दावी ।।

नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको दावी गर्नुभएको छ । नेकपा बागमति प्रदेशले आज काठमाडौँको दरवारमार्गमा आयोजना गरेको आमसभामा ओलीले आजको उपस्थितिले मूल पार्टी आफूहरू सहभागी पार्टी हो भन्ने प्रमाणित भएको टिप्पणी गर्नुभयो । नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई धम्की दिँदै हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री […]