रामेछाप जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, साढे ३ सय बढी प्रहरी परिचालन
बडा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रामेछाप जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय र रामेछाप जिल्ला प्रशासन कार्यालयको संयुक्त समन्वयमा यो सुरक्षा योजना बनाइ लागू गरिएको हो। चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक घटनालाई रोक्न र जिल्लाको शान्ति सुरक्षालाई अझै सुदृढ बनाउन जिल्लाभर नै विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। […]

