आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जित्यो चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि

आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जित्यो चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि

आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनलमा न्यु स्टार कुनौरीलाई १–० गोलले पराजित गर्दै दिपशिखाले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।

उपविजेता न्यु स्टार कुनौरीले नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा दिपशिखाका सविन खड्का उत्कृष्ट खेलाडी, न्यु स्टारका सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, रिभर साइडका सुदीप मगर सर्वाधिक गोलकर्ता, दिपशिखाका रेम्बो चौधरी उत्कृष्ट गोलरक्षक र दीपेश कार्की उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

असोज २६ गतेदेखि मन्थलीमा सुरु भएको प्रतियोगितामा १० टोली सहभागी थिए। आयोजक क्लबका अध्यक्ष आशिष कार्कीका अनुसार समापन समारोहमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार