एक सातादेखि हराइरहेकी रामेछापकी एक किशोरी मृत फेला परेकी छन्।
रामेछापको गोकुलगंगा गाउँपालिका–४ बन्चरेकी १८ वर्षीया रुपमाया भुजेल असोज १३ गतेदेखि हराएकी थिइन्। उनको शव सोमबार घरदेखि केही मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीका अनुसार फेला परेको शव रुपमायाकै भएको उनका बुबा लीलाबहादुर घर्तीले सनाखत गरेका छन्। शव परीक्षणका लागि मन्थली अस्पताल लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।


