नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चुनाव लडेकी रामेछापकि बिनिता खड्का पक्राउ

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चुनाव लडेकी रामेछापकि बिनिता खड्का पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)ले पक्राउ गरेको छ । खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेकाे खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले बताए । सो प्रकरणमा प्रहरीले यसअघि ४ जनालाई पक्राउ गरेको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम  दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए ।
केयर गिभरको रोजगारीका लागी इजरायलमा पटाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । अर्की आरोपी खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको एसएसपी जबराले बताए ।

चौलगाईं असोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका थिए । वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौँ’ भनेर चौलागाईंको समूहले रकम असुलेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार