अवैध रूपमा बालुवा ओसारपसार गर्ने तीन सवारीसाधन नियन्त्रणमा, रु. ७८ हजार ५०० जरिवाना
रामेछाप प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) ओसारपसार गरिरहेका तीन वटा सवारीसाधनलाई नियन्त्रणमा लिई जरिवाना गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बुधबार बिहान करिब ५ बजे मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारमा अवैध रूपमा बालुवा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले चालकसहित तीन वटा सवारीसाधन नियन्त्रणमा लिई आवश्यक […]

