स्थानीय तह निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन आयोगको छलफल

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग हिजो आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनबारे छलफल गरेको हो । स्थानीय […]

कोरोनाको तेस्रो लहर सिथिल बन्दै

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर निरन्तर घट्दै गएको भएपनि मृत्युदर भने घट्न सकेको छैन । एक साता भन्दा बढि समयदेखि नेपालमा कोरोनाका सङ्क्रमित निरन्तर घटिरहेका छन् । तर सङ्क्रमित घटे अनुसार मृत्युदर भने कम हुन सकेको छैन । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ । यस्तै हिजो पनि कोरोनाका […]

एक÷दुई दिनमै एसईईको परीक्षा तालिका प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने […]

रामेछापमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै

रामेछापमा केहिदिन यता कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको छ । जिल्लामा अहिले ५३ जना सक्रिय संक्रमित रहेका छन । पछिल्ला केहि हप्तादेखि रामेछापमा नयाँ संक्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा मंगलबार (आज) मात्रै ३६ जना कोरोना संक्रमित निको भएका […]

रामेछाप भ्युटावरको नगर प्रमुख थापा मगरद्धारा उद्धघाटन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा निर्माण भएको रामेछाप भ्युटावरको मंगलबार (आज) उद्धघाटन भएको छ । भ्युटावरको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले उद्धघाटन गर्नुभयो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे,रामेछाप नगरपालिकाका कर्मचारीहरु र स्थानिको उपस्थितीमा रुद्रि पुजा लगाएर उक्त भ्युटावरको उद्धघाटन गरिएको […]

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजारमा झरेको छ । पछिल्लो १५ दिनदेखि देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ४० हजार १ सय ११ सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको तेस्रो चरणको लहरमा झन्डै ९५ हजार पुगेको […]

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोे बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि […]

कोरोनाको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८ सय ८ जनाको […]

एमसीसी परियोजनाका कारण सत्ता गठबन्धनमा खटपट

अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सरकारमा सहभागी दलहरूबीच अविश्वास बढेको छ । सरकारमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल संसोधन नगरी एमसीसी पारित नगर्ने पक्षमा छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना पारित गराउने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि […]

काठमाडौँ उपत्यकाको जोरबिजोर प्रणाली हट्यो, ५० जनासम्म व्यक्ति भेला हुन पाउने

काठमाडौँ उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोर–विजोर प्रणाली आजबाट हटेको छ । सीसीएमसीको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । सीसीएमसीको निर्णयका आधारमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जोरबिजोर प्रणाली खारेज गर्ने निर्णय गरेको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । विद्यालय र कलेजहरु […]