शैक्षिक सत्र सञ्चालनमा विद्यालयमा अन्यौलता

सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयहरु भने अन्यौलमा छन् । शैक्षिक सत्र २०७७ सालको नतिजा प्रकाशन गर्न नसकेका विद्यालयमा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिएको छ । जेठ ३० गते नतिजा प्रकाशन गरी असार १ गतेबाट भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नभएको […]

रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाले आजदेखी पालिकामा रहेका सबै विद्यालय अनिश्चिकालको लागि बन्द गरेको छ । नेपाल सहित विश्वभर कोरोनाको संक्रमण तिव्र रुपले बढी रहेको भन्दै गाउँपालिकाले विद्यार्थीहरुमा कोरोना संक्रमण नहोस भन्नका लागी सबै विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा रहेका १२ वटा मावि सहित ३३ वटा विद्यालय अर्को […]

अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वि विद्यालयले दोस्रो लहरको कोरोना सङ्क्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको […]

ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यका सहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिनुभयो । काठमाडौं उपत्यका सहित पोखरा, विराटनगर, वीरगन्ज सहित १५ वटा ठूला सहरमा सङ्क्रमण […]

रामेछाप नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण

रामेछापको रामेछाप नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले ‘हाम्रो रामेछाप नगरपालिका ’नामक पाठ्यपुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । पाठ्यपुस्तक निर्माणका लागि नगरपालिकाले विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । पस्तकमा रामेछाप नगरपालिकाको […]

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताउनुभयो । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड १९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर […]

रामेछापको मन्थली नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका दलित तथा जनताति महिलाहरुको लागी १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन हुने तयारी कक्षामा नगरपालिकाका ४५ जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । १५ दिने […]

गौरीशङकर माविले मनायो ५७ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी आज ५७ औँ वार्षिकोत्सव मनाएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष पुर्ण बहादुर मगरको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले आफु अध्यन गरेको विद्यालयको प्रमुख अतिथी भएर बोल्न पाउँदा खुशी लागेको […]

रामेछाप साँघुटारको एक विद्यालयमा तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षक

रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयलयमा बिगत लामो समयदेखी तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षकहरुले एकै कक्षा कोठामा राखेर पढाउँदै आएका छन् । २०५१ सालमा स्थापना भएको उक्त विद्यालयमा शुरुका वर्षहरुमा कक्षा ८ सम्म पढाई हुने गर्दथ्यो । पछिल्लो समय गाउँमा रहेका युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम वढ्दो र गाउँका अभिभावकहरु आफ्ना साना […]

रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन भएको तयारी कक्षामा नगरपालिकाका ५० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका थिए । १५ दिने निशुल्क लोकसेवा तयारी […]