अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वि विद्यालयले दोस्रो लहरको कोरोना सङ्क्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका स्नातक र स्नातकोत्तर तहका संचालित भइरहेका र संचालनको प्रक्रियामा रहेका वार्षिक तथा समेस्टर प्रणालीका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार